दलहरुले असोज १८ र माघ १९ गते दोहोर्‍याउन खोजेको प्रमको आरोप
दलहरुले असोज १८ र माघ १९ गते दोहोर्‍याउन खोजेको प्रमको आरोप
Added: 2012 June 15

नरेश फुयांल, असार–१, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले समसामयिक राजनीतिका बारेमा जनतालाई प्रष्ट पार्न भन्दै अहिले राजधानीमा आमसभा गरिरहेको छ ।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले केही दलहरुले असोज १८ र माघ १९ गते दोहोर्‍याउन दलहरुले राष्ट्रपतीलाई दबाब दिइरहेको भन्दै उक्त बिषयमा सचेत रहन राष्ट्रपतीलाई आग्रह गर्नु भयो । उहाले राष्ट्रपतीले आबेगमा आएर कसैको उक्साहटमा गैरसम्बैधानीक कदम नचाल्नेमा आफु बिश्वस्थ रहेको समेत बताउनु भयो ।

प्रधानमन्त्रीलाई हटारएर राष्ट्रपतीलाई अघी सार्ने दलहरुले राष्ट्रपतीलाई पनि हटाएर पूर्ब राजालाई ल्यनाउन नसक्लान भन्ने आधार नरहेको भन्दै डा भट्टराईले दलहरुसंग सचेत रहन राष्ट्रपतीलाई पटक पटक आग्रह गर्नु भयो ।

उहाले देशलाई कालो सूचीबाट बचाउन अध्यादेश ल्याउन सरकारलाई सहयोग गर्न राजनीतिक दलहरुसंग आग्रह गर्नु भयो । उहाले कांग्रेस र एमालेले संविधान सभा भङ्ग भएको दोष माओवादीलाइ लगाएर दिउसै रात पार्न खोजेको टिप्पणी गर्नु भयो ।

डा भट्टराईले सर्बोच्चको फैसला अनुसार नै संविधान सभाको चुनाव घोषणा गरिएको दाबी गर्दै त्यो बैधानीक भएको दाबी गर्नु भययो । उहाले संघियताका बिषयमा सहमती गरेर निर्बाचनमा जानुको बिकल्प नभएको बताउनु भयो । उहाले पार्टी एकताका लागी आफु राजीनामा दिन तयार रहेको भन्दै आपसी छलफलबाटै बिबादित बिषय र असन्तुष्टिहरुको हल गर्न बैद्यपक्षसंग आग्रह गर्नु भयो ।
 

सम्बन्धित समाचारहरु