एमाले भेलामा अध्यक्षको प्रतिवेदनमाथी छलफल हुंदै
एमाले भेलामा अध्यक्षको प्रतिवेदनमाथी छलफल हुंदै
Added: 2012 June 18

वसन्त शर्मा असार ५, काठमाडौ ।नेकपा एमालेको जारी राष्ट्रिय कार्यकर्ता भेलामा आज अध्यक्ष भलनाथ खनालद्धारा प्रस्तुत प्रतिवेदनमाथि सामुहिक छलफल हुंदैछ ।

प्रतिवेदनमाथीको छलफल पछि प्राप्त  सुझावका आधारमा अध्यक्षले जवाफ दिने र भेला आजै सकिने एमालेले जनाएको छ । बिहान १० बजेपछि ६ वटा समूहमा प्रतिवेदनमाथि छलफल हुने बताईएको छ ।

राष्ट्रिय सभा गृहमा हिजो शुरु भएको भेलामा अध्यक्ष खनालले १५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमा खनालले माओवादीको कुटिल चालबाजीका कारण संबिधानसभा बिघटन भएको आरोप लगाउँदै त्यसको पर्दाफास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । एकल जातीय पहिचान नमानेकै कारण संघीयता विरोधी भन्नु गलत प्रचार मात्रै भन्दै खनालले त्यसको प्रतिवाद गर्नुभएको छ ।

राजनीतिक र संबैधानिक निकासको प्रस्थान बिन्दु नै राष्ट्रिय सहमतिको सरकार भएको र त्यसमा माओबादीलाई ल्याउन लोकतान्त्रिक शक्तिहरुवीच एकता अपरिहार्य रहेकोमा खनालको जोड छ ।

एकल जातीय पहिचान सहितको संघीयतामा नेतृत्व पंक्ति अनुदार भएको भन्दै  असन्तुष्ट जनजाती तथा मधेशी नेताहरुले भने भेला बहिष्कार गरेका छन् । उनीहरुको मागलाई पनि सम्बोधन गर्ने गरी भेलाले ठोस प्रस्ताव पारित गर्ने एमाले नेताहरुले वताएका छन् ।


सम्बन्धित समाचारहरु