नेम्वाङ्गले भने मंसिरमा कसरी हुन्छ निर्बाचन ?
नेम्वाङ्गले भने मंसिरमा कसरी हुन्छ निर्बाचन ?
Added: 2012 June 25

नरेश फुयांल, असार–११, काठमाण्डौ । संविधान सभाका पूर्ब अध्यक्ष सुवासचन्द्र नेम्वाङगले मुलुकलाई सहि गन्तव्यमा पुर्याउन दलहरु सहमतिमा आउनुको विकल्प नभएको बताउनु भएको छ । उहाँले दलहरु अब पनि सहमतिमा नआए मुलुक गम्भिर संकटमा फस्ने चेतावनी दिनु भयो ।

भक्तपुरमा आज आयोजीत एककार्यक्रममा नेम्वाङगले मुलुक गम्भिर संकटमा परेका बेला दलहरुबिचको आरोप प्रत्यारोप र मोर्चाबन्दीले मुलक द्वन्जद्वमा फस्ने भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।

मंसिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै नेम्वाङगले भन्नुभयो ‘दलहरु बिच सहमति छैन, निर्वाचन आयोग रित्तिदै छ, सर्वोच्च अदालत खाली हुदैछ, यो अप्ठ्यारो अवस्थामा कसरी हुन्छ निर्वाचन ?’


 

सम्बन्धित समाचारहरु