नरेश फुयांल, असार १४,काठमाण्डौं । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) की अध्यक्ष सरिता गिरीले राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्त गरेपनि असंबैधानीक हुने जीकिर गर्नु भएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा गिरीले प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालीन अवस्थालाई निकास दिनुपर्ने बताउनु भयो ।
पार्टीको कार्यसम्पादन समितिको १३ र १४ गते राजधानीमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष गिरीले मुलुकको विग्रिदो अवस्थालाई समाधान गर्न राजनीतिक दलहरुबीचको सहमतिमा अन्तरिम संविधान २०६३ लाई बयुत्र्या वैधानिक सरकारको गठनका लागि अगाडि बढ्नु पर्ने बताृनु भयो ।
उहाले तत्काल प्रधानमन्त्रीले राजीनामा दिएर बिद्यमान राजनीतिक निकास दिनु पर्नेमा जोड दिनु भयो ।