नरेश फुयांल, असार–२२,काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा सहमति जुटाउन विभिन्न दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउदै आएको नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग भेट गरिरहेको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा जारी भेटमा चेम्वर टोलीले सहमति जुटाएर समयमै बजेट ल्याउन प्रधानमन्त्रीसंग आग्रह गरेको बुझिएको छ । समयमै बजेट नआए मुलुकको अर्थतन्त्र नै धरासायी बन्ने निष्कर्ष सहित चेम्बरको टोलीले दलिय सहमतिका लागि पहल गर्दै आएको छ ।
यसअघि टोलीले हिजो नेपाली कांग्रेसका सभापतिसुशील कोईरालालाई भेटेर बजेटमा सहमति जुटाउन आग्रह गरेको थियो ।