समायोजन बहिष्कार गरेका लडाकुले फिर्ता लिए
समायोजन बहिष्कार गरेका लडाकुले फिर्ता लिए
Added: 2012 July 07

नरेश फुयांल, असार–२३, काठमाण्डौ । सम्मानजन समायोजन नभएको भन्दै सेना भर्ना छनौट वहिस्कार गरी आन्दोलनमा उत्रेका शिविरका लडाकुहरुले आज सांझबाट आफ्ना आन्दोलन केहि दिनका लागी फिर्ता लिएका छन् ।

उनीहरुले प्रधानमन्त्री र पार्टीको आश्वासनका कारण केहीदिनका लागि आन्दोलन स्थगित गरेको जनाएका छन् । आफ्ना माग पूरा नभए कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको लडाकु नारायण प्रसाद बरालले बताउनु भयो ।

आजै लडाकुहरुले जारी गरेको विज्ञप्तीमा पनि सम्मानजनक समायोजनका लागि अपील गरिएको छ । लडाकुहरुले शिविरमा भएको आथिर्क हिनामिनाका बारेमा शिविर कमाण्डरसँग स्पष्टिकरण समेत मागेका छन् । यसअभी आज बिहान प्रधानमन्त्रीले सम्माजनक रुपमा समायोजन गर्ने भन्दै आन्दोलन फिर्तालिन आग्रह गर्नु भएको थियो ।




 

सम्बन्धित समाचारहरु