एमालेको छलफल जारी
एमालेको छलफल जारी
Added: 2013 January 27

माघ १४, काठमाण्डौ ।  सरकार विरुद्धको आन्दोलनलाई थप सशक्त वनाउन भन्दै नेकपा एमालेले आज आन्तरिक छलफल गर्दैछ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा विपक्षी दलहरुले सरकारविरुद्ध घोषणा गरेको आन्दोलनमा सरकारबाट भइरहेको हस्तक्षेपको विरोधमा कसरी सशक्तरुपमा उत्रन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय, विभाग, जनवर्गीय सगठन तथा उपत्यका र सम्पर्क विशेष समन्वय कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी शीर्ष नेताहरुको पनि सहभागीता रहेको बैठकमा पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटीका सदस्य केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचारहरु