माओवादी नेताहरुलाई जेल हाल्नु पर्छ : गौतम
माओवादी नेताहरुलाई जेल हाल्नु पर्छ : गौतम
Added: 2013 January 27

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले द्वन्द्वकालका घट्ना एक एक गरेर उठाएर  माओवादी नेताहरुलाई जेल हाल्नु पर्ने बताउनु भएको छ ।
सरकार विरोधी आन्दोलनका विषयमा पार्टी कार्यालय मुख्यालय बल्खुमा भएको छलफलमा उपाध्यक्ष गौतमले काँग्रेस र एमालेका मारिएका कार्यकर्तालाइ न्याय दिन एक एक गरेर मुद्धा उठाउनु पर्ने बताउनु भयो ।
माओवादीका सामु जेलमा सड्ने वा नागरिक सामू माफी माग्ने बाहेक अरु कुनै विकल्प नभएको उहांको भनाई छ । माओवादी विरुद्ध कुरा उठाउने अहिले उचित समय भएको बताउनु भएका उपाध्यक्ष गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सरकार नछोडे सिंहदरबारबाट निकालेर जेल हाल्ने चेतावनी दिनुभयो ।
 

सम्बन्धित समाचारहरु