सत्तारुढ आन्दोलनमा उत्रिनु पञ्चायती शैली हुने नेका उपसभापति पौडेलको भनाई
सत्तारुढ आन्दोलनमा उत्रिनु पञ्चायती शैली हुने नेका उपसभापति पौडेलको भनाई
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सत्तारुढ दलहरु सडकमा आउछौं भन्नु पञ्चायती शैली भएको टिप्पणी गर्नु भएको छ । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले राजनीतिक सहमतिको लागि सत्तारुढ प्रमुख दल एकिकृत माओवादीलाई दवाव दिन विपक्षि दलहरुले सडक संघर्षको बाटो रोजेको बताउनु भयो । बिपक्षी दलहरुहरु शान्तिपूर्ण सडक आन्दोलनमा रहेका बेला सत्तारुढ दलहरुले जनपरिचालनको नाममा मुठभेड सिर्जना गर्न खोज्नु दुर्भाग्य हुने बताउनु भएका पौडेलले विपक्षीको प्रतिकारमा सडकमा आए सत्तारुढ माओवादीको पतन शुरु हुने चेतावनी दिनु भयो ।


सरकारलाई संविधानसभाको निर्वाचन गराउन बाध्य पार्न कांग्रेस एमाले लगायतका विपक्षी दलहरु सडकमा आएको भन्दै पौडेलले अब सडकबाटै छिनोफानो गर्ने दावी गर्नु भयो ।निष्पक्ष निर्वाचनको लागि कांग्रेस नेतृत्वको सरकार एकमात्र विकल्प भएको पौडेलको भनाई छ । सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै भ्रष्टचारको आहलमा डुबेको भन्दै उहाँले राष्ट्रिय स्तरको छानवीन समिति गठन गरी भ्रष्टचारीलाई कानुनी कठघरामा ल्याउन माग गर्नुभयो ।माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर काग्रेस नेतृत्वको सरका गठन गर्न स्वीकारेको सहमतिमै धोका दिएपछि दबाबका लागि आन्दोलनको विकल्प रोज्नु परेको बताउनु भएका प्रचण्डले कुरा फेरेर विपक्षि दलहरुलाई धोका दिएको आरोप लगाउनु भयो ।
जातीय विखण्डन ल्याउने संघियतामा देशलाई लैजान खोजेकोमा भने विपक्षिहरुले अस्विकार गरेपछि माओवादीले संविधानसभा विघटन गरेको पौडेलको जिकिर छ ।


अर्को एक प्रसंङ्गमा धनगढीमा प्रधानमन्त्रीको गाडीमा हिजो भएको भनिएको ढुंगामुढा  आफनाा कार्यकर्ताले गरेको पनि त्यो गतल भएको भन्दै पौडेलले घटनाप्रति दु:ख व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचारहरु