ओली भन्छन् : माओवादी बिद्रोही हो
ओली भन्छन् : माओवादी बिद्रोही हो
Added: 2013 January 29

सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले आज काठमाण्डौसहित मुलुकभर विरोध सभा गरेका छन् ।
माघ १० गतेदेखि दैलेखबाट आन्दोलन सुरु गरेका विपक्षि दलहरुले घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत आज काठमाडौ सहित मुलुकभर विरोध प्रर्दशन गरेका हुन् । 
राजधानीमा भएको विरोधसभालाई सम्बोधन गर्दै  एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीलाई देशद्रोहीको सज्ञा दिदै उसल संघीयताको नारा दिएर देशलाई विखण्डनतिर लान खोजेको आरोप लगाउनु भयो ।
एमाओवादीले संघीयता, लोकतन्त्र तथा कानुनलाई चुनौती दिने उसका पछिल्ला दिनका व्यबहारले देशद्रोही भएको पुष्टि गरेको ओलीको भनाइ छ । माओवादीलाई सत्तामा पठाएर लोकतन्त्र खोज्नु आफुहरुकै मुर्खता भएको नेता ओलीको टिप्पणी छ ।
राजधानीको सहिदगेटमा गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई आसन ग्रहण नगराएपछि कार्यकताहरुले नाराबाजी गरेका छन् । कायक्रममा कांग्रेस, एमाले लगायतका दलका प्रतिनिधिलाई आसन ग्रहण गराएर आफ्ना नेतालाई आसन ग्रहण नगराएको भन्दै राप्रपाका कार्यकर्ताहरुले नारावाजी गर्दै विरोध जनाएका हुन् ।
विरोध र नाराबाजीपछि कार्यक्रम सञ्चालकले माफी माग्दै राप्रपाका महामन्त्री दीपक बोहरालाई आसन ग्रहण गराएर कार्यक्रम सुचारु गरिएको थियो । विरोधसभाअघि काठमाडौका बिभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो ।
 

सम्बन्धित समाचारहरु