पौडेलको पुरानै भनाई
पौडेलको पुरानै भनाई
Added: 2013 January 29

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टी नेतृत्वको सरकारले मात्रै निर्वाचन गराउन सक्ने दोहोर्‍यानु भएको छ ।
नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज बेनीमा गरेको पत्रकार भेटघाटमा उपसभापति पौडेलले यस अघि काँग्रेस नेतृत्वको सरकारले गरेका निर्वाचन निष्पक्ष भएको भन्दै अबको निर्वाचनको जिम्मेवारी पनि आफ्नो पार्टीले पाउनु पर्ने जिकिर गर्नु भयो ।
आफु अनुकूल निर्वाचन नभएकाले सत्तारुढ दल एकिकृत माओवादी र मधेसी मोर्चाले सहमति गर्न नचाहेको बताउनु भएका पौडेलले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस वर्षसम्म वर्तमान सरकारलाई निरन्तरता दिने अभिव्यक्ति दिनुले उसले निर्वाचन नचाहेको पुष्टि भएको दावी गर्नु भयो ।
संवैधानिक निकाय रित्तिँदै गएका र राष्ट्रपति पनि लचिलो भएकाले निरङकुशता र सर्वसत्तावादको खतरा बढेको भन्दै पौडेलले विपक्षीहरुले लोकतन्त्रको रक्षाका लागि सशक्त आन्दोलन आबश्यक रहेको बताउनु भयो ।
 

सम्बन्धित समाचारहरु