एमाहोवादीको महाधिबेशनको उद्घाटनसत्र जारी
एमाहोवादीको महाधिबेशनको उद्घाटनसत्र जारी
Added: 2013 February 02

एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन मकवानपुरको हेटौंडामा आजदेखी शुरु भएको छ । महाधिवेशन हुप्राचौर मैदानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको हो ।
उद्घाटनअघि माओवादी कार्यकर्ताले हेटौडाका विभिन्न ठाउँबाट र्‍याली निकालेका छन् ।  एकीकृत माओवादीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चीन, रुस, उत्तर कोरिया लगायतका देशका नेपालस्थित राजदूतहरु तथा नर्वे, भारत लगायतका देशवाट कम्यूनिष्ठ पार्टीका प्रतिनिधीहरु हेटौंडा पुगेका छन् । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका म्पूर्ण शीर्ष नेताहरु सहभागी छन् ।
२१ वर्षपछि स’रु सातौं महाधिवेशनवाट एकीकृत माओवादीले दीर्घकालीन जनयुद्ध परित्याग गरी जनवादी क्रान्तिलाई पूर्णता दिन समाजवादी क्रान्तिको आरम्भ गर्ने रणनीति बनाउने वताएको छ । अध्यक्ष प्रचण्डको “नेपाली क्रान्तिको नयॉ संश्लेषण: एक ऐतिहासिक आवश्यकता” शिर्षकको प्रतिवेदनमाथि प्रतिनिधिहरुले दिने सुझावका आधारमा एकीकृत माओवादीले समाजवादी क्रान्तिको आरम्भ गर्ने रणनीति बनाउनेछ । बन्दशत्र हेटौंडा औद्योगिक क्षेत्रमा भोलीदेखी शूरु हुनेछ । महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गर्नेछ ।
यसअघि २०४८ सालमा चितवनको माडीमा भएको महाधिवेशनमार्फत माओवादीले दीर्घकालीन जनयुद्धको दिशामा अघि बढ्ने निर्णय गरेको थियो ।
२५ गतेसम्म चल्ने महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी साढे ३ हजार सहभागी भएका  माओवादीले जनाएको छ । प्रतिनिधिहरुलाई हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योग र बन्द रहेका अन्य उद्योगहरुमा वस्ने व्यवस्था मिलाईएको छ । विदेशी पाहुनाहरुलाई भने हेटौंडाका सुविधा सम्पन्न होटेलहरुमा राखिनेछ ।
महाधिवेशनस्थलको सुरक्षाका लागि झण्डै २ हजार सुरक्षाकर्मी र माओवादीका १० हजार कार्यकर्ता परिचालन गरिएको छ । महाधिवेशनमा हुने सवारी चापलाई व्यवस्थित गर्न ५० जना ट्राफिक प्रहरी खटिएका छन् । स्थानीय प्रशासनले हिजोदेखी माघ २६ गतेसम्मका लागि सांझ ६ बजेदेखी विहान ६ वजेसम्म मादकपदार्थको विक्रिमा रोक लगाएको छ ।
 

सम्बन्धित समाचारहरु