महाधिवेशनपछि मुलुकले निकास पाउछ : श्रेष्ठ
महाधिवेशनपछि मुलुकले निकास पाउछ : श्रेष्ठ
Added: 2013 February 02

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जारी महाधिवेशनपछि मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नु भएको छ ।
उपाध्यक्ष श्रेष्ठले मकवानपुरको हेटौडामा सुरु महाधिबेशनमा स्वागत मन्तव्य राख्दै आफ्नो पार्टी महाधिबेशनबाट एक ढिक्का भएर आउने दाबी गर्दै त्यसपछि देशले निकास पाउने बताउनु भयो ।
आफ्नो पार्टीले क्रान्तिलाई नछोडेको भन्दै अब नया ढङ्गबाट जनताका अपेक्षा पुरा गर्ने नया कार्यदिशा महाधिबेशनले तय गर्ने श्रेष्ठको भनाई छ । उहाले महाधिबेशनले प्रचण्डलाई नै अध्यक्ष बनाउने पनि जानकारी दिनु भयो ।
निष्पक्ष निर्बाचन गरेर देशलाई निकाश दिनु पर्ने बताउनु भएका उहाले संविधान सभाबाट संघियता सहित नया संबिधान दिनुको बिकल्प नरहेको बताउनु भयो ।
उद्घाटनसत्रमा शुभकाना दिदै पूर्व सभामुख दमननाथ ढुङगानाले लोकतन्त्र र एमाओवादी दुई अलग अलग धार रहेको बताउनु भएको छ । उहाले लोकतन्त्र र माओवादीको द्वन्दकालिन सोच संगसँगै जान नसक्ने बताउनु भयो ।
माओवादीको सेना निशस्त्रीकरण भएको बताउनु भएका ढुङगानाले पार्टीमा पनि निस्त्रीकरण आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले युद्धकालीन सोंच र मनहरुलाई पनि निशस्त्रीकरण गर्न अनिर्वाय रहेकोमा जोड दिनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जनशक्तिका अध्यक्ष शुर्यबहादुर थापा, सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, संघीय लोकतान्त्रिक राष्ट्िरय मञ्चकी अध्यक्ष रुक्मीणी चौधरी, दलित जनजाति पार्टीका अध्यक्ष विश्वयन्द्र पाश्वान लगायत बिभन्न राजनीतिक दलका प्रतिनीधिहरुले शुभकामना दिनु भएको छ ।
महाधिबेशनमा कांग्रेस सभापती शुसिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल भने सहभागी हुनु भएन । कार्यब्यस्थताको कारण देखाउदै कोइराला र खनाल नजानु भएको हो । कांग्रेसले उपसभापती रामचन्द्र पौडेल र एमालले उपाध्यक्ष बामदेब गौतमलाई पठाएको छ । 
यस्तै बिभिन्न देशका राजदुतहरुले पनि महाधिबेशनको सफलताको कामना गरेका छन् ।
 

सम्बन्धित समाचारहरु