भारतीय कलाकारहरुकेा टोली शुक्रबार काठमाण्डुमा
भारतीय कलाकारहरुकेा टोली शुक्रबार काठमाण्डुमा
Added: 2011 December 09

ललितपुरको जावलाखेल फुटबल मैदानमा शनिबार हुने ‘बलिउड धूम’ सांगितिक कार्यक्रमका लागि भारतीय कलाकारहरुकेा टोली शुक्रबार काठमाण्डु आएको छ ।ओरियन्टल इभेन्ट्सले गर्ने कार्यक्रमका लागि चर्चित हास्य कलाकार राजु श्रीवास्तव, मुन्नी बदनाम हुइ… की गायिका ममता शर्मा, छैयाँ छैयाँ…. गितकी गायिका सपना अवस्थी र इन्डियन आइडल-२ का विजेता सन्दिप आचार्य लगायतका कलाकारहरु शुक्रबार काठमाण्डु आएका हुन् ।

उनीहरु आज गोदाबरी भिलेज रिसोर्टमा बस्नेछन् ।

सूफी गायक रामशंकर शनिबार आइपुग्ने कार्यक्रम संयोजक सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
शनिबार दिउसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा नेपालका तितो सत्य, जिरे खुर्सानी र मेरी बास्यैका हास्य कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिनेछन् ।

कार्यक्रमलाई हास्यकलाकार मनोज गजुरेलले संचालन गर्ने आयोजकले जनाएको छ ।

बलिउड धूम सांस्कृतिक कार्यक्रमका लागि आयोजकले १ हजार र ३ हजार दरका टिकट तोकेको छ ।

कार्यक्रममा झण्डै ७ हजार दर्शक उपस्थित हुने अनुमान आयोजकले गरेकेा छ ।

 

onlinekhabar

सम्बन्धित समाचारहरु