
नेपालका व्यस्त अनि आजका लोकप्रिय गायक राजेश पायल राइले हालै भारतको टि सीरिज म्युजिक कम्पनिको लागि सिला कि जवानी नामक एल्वमको लागि सम्झौता गरे लगतै गायक राइले एउटा भोजपुरी चलचित्रमा गीत गाउनको लागि अनुवन्धित भएका छन । मुम्वइ स्थित इम्पायर स्टुडियोमा यस चलचित्रका गीतहरु रेकर्डिङ्ग भइरहेका छन । यस चलचित्रका सगीत सन्तोषराजले दिएका छन भने राजेश पायल राइ,उदित नारायण,कलपना,इन्दु सोनाली,रेखा रावको स्वर रहेको छ। इस चलचित्रका गीतकारमा अशोक सिन्हा रहेका छन भने चलचित्रलाइ मनोज श्रीपति झाले निर्देशन गरेका छन । चलचित्रमा सन्तोष,राजवावु,मोनालिसा,संजय पाण्डेको अभिनय रहेको छ ।