गितकारका तर्फ बाट सुरेन्द्र राना संगितकार का तर्फबाट सुरेश अधिकारि र नव प्रतिभामा गायिका तर्फ निशा देशार र दुर्गा खरेल छिन्नलता पुरस्कार का लागि छानिए
गितकारका तर्फ बाट सुरेन्द्र राना संगितकार का तर्फबाट सुरेश अधिकारि र नव प्रतिभामा गायिका तर्फ निशा देशार र दुर्गा खरेल छिन्नलता पुरस्कार का लागि छानिए
Added: 2012 June 20

गित संगित को क्षेत्रमा काम गर्ने सर्जकलाइ हौसला प्रदान गर्ने उदेश्यले स्थापना भएको छिन्नलता पुरस्कार ले यो बर्षका पुरस्कृत श्रष्टाको नामावलि घोषणा गरेको छ । छिन्नलता पुरस्कार गुठिले जनाएअनुसार यो बर्ष गितकारका तर्फ बाट सुरेन्द्र राना संगितकार का तर्फबाट सुरेश अधिकारि र नव प्रतिभामा गायिका तर्फ निशा देशार र दुर्गा खरेल छिन्नलता पुरस्कार का लागि छानिएका छन ।
१९८० सालमा जन्मिएकि छिन्नलता उपनामबाट गित रचना गर्ने रमोलादेबी को सम्झनामा गुठि स्थापना गरि गुठीको आम्दानि ले हरेक बर्ष गिति क्षेत्रमा योगदान पुर्याउनेहरु मध्ये सवै भन्दा योग्य व्यक्ति लाइ पुरस्कृत गर्ने चलन छ । पुरस्कार यहि आउदो असार १५ गते का दिन ताहाचल स्थित छिन्नलता निवासमा सम्पन्न हुने छ । पुरस्कृत पध्ये सुरेन्द्र राना चलचित्रका साथै आधुनिक गित रचनाका लागि पख्यात मानिन्छन भने गायक समेत रहेका सुरेश अधिकारि ले नेपाली चलचित्र र एल्वम संगितमा थुप्रै कालजयि गित दिएका छन । नव प्रतिभा अन्र्तगत छानिएकि गायीका निशा देशार र दुर्गा खरेल भने हाल सम्म १ १ वटा एल्बम निकालेका छन । नेपाली तारा मार्फत सांगितिक क्षेत्रमा आएकि दुर्गाले दिल नामको एल्वम निकालेकि छिन भने डा कृष्णहरि बराल को एकल रचनामा निशा देशारले लोकार्पण नामक एल्वम सार्बजनिक गरेकि थिइन । दुवै गायीका चलचित्र पाश्र्व गायनमा पनि संधर्षरत छन ।

सम्बन्धित समाचारहरु