नरेश फुयांल,असार–७,काठमाण्डौ । आज जुन २१ तारिख अर्थात विश्व संगीत दिवस । यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सम्पूण मानिसले मनपराउने र सकारात्मक प्रभाव राख्ने संगीत दिवसको अवसरमा बिभिन्न सांगीतिक कार्यक्रम आयोजना गरी बिश्वभर यो दिवस मनाईदै छ ।
फ्रान्सबाट सन् १९७६ मा सुरु भएको मानिने यो विधा विश्वव्यापी बनाउन विभिन्न देशहरु लागि परेका छन् । जसमध्ये ३२ राष्ट्रले भने औचारीक रुपमा संगीत दिवस मनाउने गरेका छन् ।
अन्य देशहरुले धुमधामका साथ संगीत दिवस मनाईरहँदा नेपालमा भने कुनै औपचारीक कार्यक्रमको आयोजना भएको छैन् । यस्ता दिवसले नेपाललाई विश्व संगीतसँग जोड्ने राम्रो अवसर हुने भएकाले विशेष प्राथमिकताका साथ संगीतसँग सम्बन्धित रहेर काम गर्ने संघ सस्थाको अगुवाईमा यो दिवस मनाउनपर्ने विज्ञहरुको भनाई छ ।