युरोपियन क्लबहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधी इंग्लिस क्लब चेल्सीले जिते
युरोपियन क्लबहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधी इंग्लिस क्लब चेल्सीले जिते
Added: 2012 May 19

युरोपियन क्लबहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधी इंग्लिस क्लब चेल्सीले जितेको छ ।
आज विहान भएको फाइनलमा चेल्सीले जमर्न क्लब बायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा ४ -३ गोल अन्तरले पाखा लगाउदै उपाधी जितेको हो । बायर्नकै घरेलु मैदानमा भएको फाइनलमा दुबै पक्षबाट एक एक गोल भएपछि उपाधीको छिनोफानो पेनाल्टीमार्फ गरिएको हो ।
८३ औ मिनेटमा थोमस मुलरले बार्यनलाई अग्रता दिलाएपनि त्यसको ५ मिनेटपछि चेल्सीका ड्रोग्वाले बराबरी गोल गरेका थिए । एक एक गोलको बराबरीपछि ९४ औ मिनेटमा घरेलु टोली बायर्नले पाएको पेनाल्टी खेर गरेको थियो । सन २००८ पछि फाइनलमा पुगेको चेल्सीले पहिलो पटक उपाधी जितेको हो ।

 

सम्बन्धित समाचारहरु