पल्सर स्पोर्टस अवार्ड २०६८ असारको तेश्रो साता
पल्सर स्पोर्टस अवार्ड २०६८ असारको तेश्रो साता
Added: 2012 June 03

नरेश फुयांल,जेष्ठ–२१,काठमाण्डौ । विगतमा बर्षमा भाद्र २५ गते हुदै आएको पल्सर स्पोर्टस अवार्ड २०६८ यस बर्ष असारको तेश्रो साता हुने भएको छ ।

अन्तर्राष्ट्िरय खेलकुद पत्रकार दिवस –जुलाई २ को अवसर पारेर यसपल्ट असार २० गते सञ्चालन गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठनामा हुने कार्यक्रममा बर्ष २०६८ का उत्कृष्ट खेलाडीहरुलाई आठ विधामा पुरस्कार दिइनेछ ।

त्यसमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर वर्षको लोकप्रिय खेलाडी हुनेछन् ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर बर्षको उत्कृष्ट पारा एथलिटको घोषणा अवार्ड समारोहकै दिन असार २० गते हुनेछ भने लोकप्रिय वर्ष खेलाडीको ५ खेलाडीको मनोनयन घोषणा यही साता हुनेछ ।

एसएमएस मतदानको आधारमा सर्बाधिक मत पाउने खेलाडी पल्सर लोकप्रिय वर्ष खेलाडी हुनेछन् । अन्य चार विधामा पनि ५–५ खेलाडीको मनोनयन हुनेछ ।

 

सम्बन्धित समाचारहरु