चितवन छैठौं राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेटको फाईनलमा
चितवन छैठौं राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेटको फाईनलमा
Added: 2012 June 03

नरेश फुयांल,जेष्ठ–२१,काठमाण्डौ । कास्कीको पोखरामा जारी छैठौं राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा चितवन फाईनलमा प्रवेश गरेको छ । नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा आज भएको खेलमा लुिम्बनीलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा प्रबेश गरेको हो ।
हिजो भएका खेल जित्दै कास्की यसअघि नै फाइनलमा पुगिसकेको छ ।

लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्यलाई चितवनले १ विकेटको क्षतिमा १० दशमलव ५ ओभरमै भेटाएको थियो । प्रतियोगिताबाट दुईजना खेलाडी छनौट गरि आगामी नोभेम्बर २० देखि भारतमा हुने प्रथम टि ट्वान्टी दृिष्टविहीन क्रिकेट प्रतियोगितामा सहभागि गराईने आयोजक कास्की जिल्ला नेत्रहीन संघले जानकारी दिएको छ ।
 

सम्बन्धित समाचारहरु