पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पपुलर प्लेयर अफ द इअर विधाको मनोनयन सार्वजनिक
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पपुलर प्लेयर अफ द इअर विधाको मनोनयन सार्वजनिक
Added: 2012 June 07

नरेश फुयाल,जेष्ठ–२५,काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पपुलर प्लेयर अफ द इअर विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले आज राजधानीमा पत्रकार सम्मेलन गरि यो विधाको मनोनयनमा परेका ५ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पपुलर प्लेयर अफ द इअर अवार्डका लागि क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, टेनिसकी अश्लेषा लिसानोभिच, एथ्लेटिक्सकी सविता चौधरी र भलिबलकी रमिला तण्डुकार मनोनयनमा परेका छन् ।

शक्ती गौचनले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौटमा १६ विकेट लिएका थिए । नेपाल पुलिस क्लवका फुटबल खेलाडी भरत खवासले शहिद स्मारक ए डिभिजन लिगमा १४ गोल गरेका थिए । यस्तै विश्वकप फुटबलको छनौट खेलमा काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा खवासले गरेको गोलको मद्दतमा नेपालले जोर्डनलाई बराबरीमा रोकेको थियो ।

यसैगरी टेनिसकी अश्लेषा लिसानोभिचले २०६८ सालमा भएका सबै प्रतियोगिताको उपाधि जितेकी थिईन । एथ्लेटिक्सकी सविता चौधरीले सुदुरपश्चिममा गत फागुनमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ वटा राष्ट्रिय कितिर्मान बनाउँदै २ वटा स्वर्ण पदक पनि जितेकी थिईन् ।
भलीबलकी रमिला तण्डुकारले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । असार २० गते प्रदान गरिने अवार्डमा मञ्चले विभिन्न ८ वटा विधामा खेलाडिहरुलाई पुरस्कृत गर्नेछ । 

मनोनित खेलाडीहरुलाई ३१३१ मा एसएमस भोटिङग र ल्याण्ड लाइन फोनबाट १६०५ मा भ्वाइस म्यासेज पठाएर मत दिन सकिने मञ्चले जनाएको छ ।  सवैभन्दा धेरै भोट ल्याउने खेलाडीले यो विधाको अवार्ड पाउने छन् ।
 

सम्बन्धित समाचारहरु