नेपालमा संचालन भैरहेको एएफसी यु-२२ छनौट प्रतियोगितामा नेपालले बंगलादेशमाथि ४-१ को विजय हासिल गरेको छ। कप्तान भरत खबासले पाँचौं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए। तर रक्षक दीपक भुसालले मध्यान्तरपछिको तेस्रो मिनेटमा आत्मघाती गोल गरेपछि बंगलादेशले खेल बराबरीमा ल्याएको थियो।
दशरथ रंगशालामा भएको खेलमा जगजित श्रेष्ठले ६१औं र सुजल श्रेष्ठले ६७ मिनेटमा दोस्रो र तेस्रो गोल गरे। इन्जुरी टाइमको तेस्रो मिनेटमा सुजलले चौथो गोल थपे। नेपालले सोमबार यमनसँग खेल्नेछ। यमनलाई शनिबारै जोर्डनले ४-० ले पराजित गर्यो।