यूरो कपवाट पोल्याण्ड र रुस वाहिरिए, समुह बी को छिनोफानो आज
यूरो कपवाट पोल्याण्ड र रुस वाहिरिए, समुह बी को छिनोफानो आज
Added: 2012 June 17

वसन्त शर्मा असार ३, काठमाडौ ।  यूरो कप फूटबलमा सहआयोजक पोल्याण्ड र रुस प्रतियोगीतावाटै वाहिरिएका छन् ।

गएराती भएको खेलमा चेक रिपव्लिकसंग १–० गोलको पराजय भोग्दै सह–आयोजक पोल्याण्ड प्रतियोगितावाट वाहिरिएको हो  ।  यसैगरी गएराती नै भएको अर्को खेलमा ग्रीससंग समान एक शून्यको हार वेहोर्दै रुस पनि प्रतियोगीतावाटै वाहिरिएको छ । जीतपछि चेक र ग्रीस अघिल्लो चरण प्रवेश गरेका छन् ।

प्रतियोगीता अन्तर्गत आज गु्रप अफ डेथ मानिएको समुह बी को टुंगो लाग्ने छ ।

आज राती साढे १२ वजेपछि हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको जर्मनीले डेनमार्कको सामना गर्दा पोर्चुगल र नेदरल्याण्ड आमने सामने हुनेछन् ।  प्रतिष्ठा अनुसार यस समुहवाट चारै टिमको छनोट हुने संभावना वांकी छ भने कुनै दुई टिम वाहिरिने संभावना पनि उत्तिकै छ ।

जर्मनीको ६ अंक छ र सुरुवाती २ खेल जितेर पनि अन्तिम चरणमा पुग्न ढुक्क हुन सकेको छैन । यसैगरी दोस्रोमा रहेको पोर्चुगल र डेनमार्कको समान ३/३ अंक छ ।

सम्बन्धित समाचारहरु