बसन्त शर्मा असार ४, काठमाडौं । २२ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट चरणको खेलमा आज नेपालले यमनसंग प्रतिस्पर्धा गर्दैछ ।
छनौट चरणको पहिलो खेलमा बंगलादेशलाई ४–१ गोलले हराएको नेपाल आज पनि उच्च मनोवलका साथ मैदान उत्रिने छ । बिजयी सुरुवात गरेको नेपालले यस अघि भएका गल्ती सुधार्दै यमन विरुद्धको आजको खेलमा आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।खेल काठमाडौको दशरथ रंगशालामा बेलुकी ६ बजेपछि सुरु हुने छ ।
यमनले यसअघि जोर्डनसंगको खेलमा ४– ० गोलले हार बेहोरेको थियो । आजै हुने पहिलो खेलमा दिउंसो तीन बजे बंगलादेश र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।