आजको युरोकप २०१२ बिशेष
आजको युरोकप २०१२ बिशेष
Added: 2012 June 19

नरेश फुयांल,असार ५ गते, काठमाण्डौ ।आजको खेलमा युक्रनले इङल्याण्डको सामना गर्दा फ्रान्स स्विडेनबिरुद्ध खनिने छ । नेपाली समय अनुसार साढे १२ बजे हुने छन् । इङल्याण्ड सामू आज पहिलो रोजाईका अधिकांश खेलाडी हुने छन् ।
इङल्याण्डको पहिलो रोजाइका खेलाडी वाइन रोनी आज यूरोकप २०१२ मा पहिलोपटक खेल्दै छन् । छनौट खेलका क्रममा लागेको प्रतिबन्दका कारण समूह चरणका दुई खेल खेल्न नपाएका उनको आज खेलप्रमी दर्शकले ब्यग्र प्रतिक्षा गरेका छन् ।
इङल्याण्डका प्रशिक्षक रोय हड्सनले इङलिस टिम सम्हालेयता पहिलोपल्ट वायन रोनी सहितको आफ्नो सम्पूर्ण शक्ति युक्रेनविरुद्ध उतार्ने भएका छन् । हड्सनले प्रशिक्षक भएयता रोनीले सुरुदेखि खेल्न पाएका छैनन् । उनी बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलमा सब्सिटच्युट खेलाडीका रपमा मैदानमा छिरेका थिए ।
रोनीले खेल्ने आजको पहिलो खेल इंल्यान्ड र सहआयोजक युक्रेनबीच तनावपूर्ण हुने अनुमान गरिएको छ । तर रोनीको आगमन र इंग्ल्यान्डले पछिल्लो खेलमा स्विडेनमाथि ३–२ को जितकबा कारण पनि य आज उच्च मनोबलका साथै मैदान प्रबेश गर्ने छ । 
इतिहास पल्टाउदा क्लब फुटबलमा रामै्रसंग जमेका रोनीको राष्ट्रिय टिममा भने रामैो प्रदर्शन गर्न सकेका छैनन् । अहिलेसम्म खेलेका दुई ठूला प्रतियोगिता सन् २००६ र २०१० को विश्वकपमा उनको प्रदर्शन निकै फितलो रहेको थियो । म्यानचेस्टर युनाइटेडका स्टार रोनीले समूह चरणका दुई खेल नखेले पनि रोनी कम चर्चामा छैनन् ।
यता युक्रेन पनि आज सम्पूर्ण शक्ति सहित मैदान प्रबेश गर्दैछ । युक्रेनका कप्तान सेभचेन्कोले आज आफ्नो टोली निकै शसक्त भएर मैदान छिरेर इङल्याण्डलाई चुनौती दिने बताएका छन् । तर उनले इङल्याण्डलाई आफुले कम भने नआंकेको स्पष्ट पारेका छन् ।
 
फ्रान्ससंग २ शून्यले पराजीत भएपनि स्विडेनलाई पराजीत गरेको युक्रेन आजको खेलमा जित्नेमा ढुक्क नदेखिएपनि सक्दो शसक्त खेल देखाएर आफ्ना समर्थकलाई खुसी पार्ने धुनमा छ ।
सुरुका दुई खेल हारेर नकआउट चरणको दौडबाट बाहिरिसकेको स्विडेन आज सान्तवाना गेम खेल्दैछ । प्रतिष्टाका लागी मात्र स्विेडन मैदान उत्रिदा तयसको फाएदा फ्रान्सले राम्रसंग लुट्ने अुनमान गरिएको छ ।
पछिल्ला २३ खेलमा अपराजित फ्रान्सलाई आजको बराबरीले पनि नकआउट चरण पुर्‍याउने छ । फ्रान्सका प्रशिक्षक ब्लान्क पनि आफ्नो टिमले आज राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन् ।
स्वीडेनका स्वीडेनका ज्लाटन इब्राहोमोभिच, ओलोफ मेलवर्ग र  एन्डर्सले प्रमुख प्रतियोगितामा राष्ट्रिय टिमका लागि अन्तिम खेल हुनसक्ने भन्दै घर र्फकनु अगाडि अंकतालीकामा खाता खोल्ने बताएका छन् ।

यसअघी गएराती भएका खेलमा स्पेन र ईटली क्वार्टरफाईनलमा पुगेका छन् । स्पेनले क्रोयशियालाई १–० ले हराएर समूह सी को विजेता हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको स्पेन ७ अंक जोडेर समूह विजेता बनेको हो । स्पेनका लागि जिसस नाभास गोन्जालेजले ८८ औं मिनेटमा गोल गरे ।

गएराती नै भएको अर्को खेलमा आयरल्याण्डलाई २–० ले हराउँदै ईटलीले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । समूह चरणको खेलमा एक जित र दुई बराबरी सहित ५ अंक जोडेर इटली समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेको हो । ईटलीको जितमा एन्टोनियो कास्सानोले ३५ औ र मारियो बालोटेलीले ९० औं मिनेटमा गोल गरे ।

युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा आजराती समुह डी का ईंग्ल्याण्ड र युक्रेन तथा स्वीडेन र फ्रान्स भिड्दैछन् । समूह चरणको दुई खेलको समाप्तिमा इङगल्याण्ड र फ्रान्सले एक जित र एक बराबरी खेल्दै समान ४ अंक बनाएका छन् ।

एक खेलमा जितेको र एक खेलमा हार ब्यहोरेको युक्रेनले ३ अंक जोडेको छ भने स्वीडेनले समूह चरणको दुबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
 

सम्बन्धित समाचारहरु