नरेश फुयांल,असार–१०, काठमाण्डौ । फ्रान्सलाई हराउंदै स्पेन यूरोकप फूटवल प्रतियोगिताको सेमीफाईनलमा पुगेको छ । गएराती भएको क्वार्टरफाईनल खेलमा स्पेनले फ्रान्सलाई २–० ले हराएको हो ।
स्पेनलाई अन्तिम चारमा पुर्याउन दुवै गोल जामी एलोन्सोले गरेका हुन् । पहिलो हाफको १९ औ मिनेटमा हेडमार्फत शानदार गोल गर्दै स्पेनी टिमलाई अग्रता दिलाएका जावीले ईन्जुरी समयमा पाएको पेनाल्टिको मौकालाई पनि सदुपयोग गर्दै नतिजा २–० मा पुर्याएका हुन् । जावीले आफ्नो फुटवल करियरको एक सयौं अन्तराष्ट्रिय खेल खेल्दा महत्तपिूर्ण २ गोल गर्न सफल भएका हुन् ।
स्पेनको दवाव देखिएको खेलमा फ्रान्सले पनि विपक्षीको गोलपोष्टमा केही प्रहार गरेता पनि कुशल स्पेनी गोलरक्षक ईकर कासिलासले त्यसलाई विफल पारिदिए । स्पेन विश्वकप फूटवलको साबिक विजेता पनि हो ।
स्पेनले आगामी वुधवार हुने सेमीफाईनल खेलमा पोर्चुगललाई प्रतिष्पर्धी पाएको छ । क्वार्टर फाईनलको अन्तिम खेलमा आज राति इङ्ल्याण्ड र इटली भिड्दैछन् ।