इटली यूरो कपको सेमीफाईनलमा
इटली यूरो कपको सेमीफाईनलमा
Added: 2012 June 24

वसन्त शर्मा असार ११, काठमाडौं । इङ्ल्याण्डलाई हराउंदै ईटली यूरोकप फूटवल प्रतियोगिताको सेमीफाईनलमा पुगेको छ । गएराती सम्पन्न क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई ४–२ गोलले हराउंदै इटलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसक्दा थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि दुवै टोली गोल गर्न असफल भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गर्नु परेको थियो । ईङल्याण्डका एस्ले कोल र एस्ले योङले पेनाल्टी मिस गरेका थिए । पूरै खेलमा ईङल्याण्डमाथि दबाब बनाए पनि ईटलीले निर्धारित र अतिरिक्त दुवै समयमा गोल गर्न सकेन । ईङल्याण्ड पनि पाएका अवसर सदूपयोग गर्न सकेन् ।

खेलको शुरुमा ईङल्याण्ड आक्रामक देखिए पनि मध्यान्तर पछि  भने उ पुरै रक्षात्मक स्थितीमा  देखिएको थियो । जारी यूरो कपमा पेनाल्टीवाट निर्णय गर्नुपरेको यो पहिलो खेल हो । पोर्चुगल, जर्मनी ,स्पेन  यसअघिका खेलबाट सेमिफाईनल प्रवेश गरी सकेका छन् । ईटली फाईनल प्रबेशका लागि जर्मनीसंग भीड्ने छ ।

सम्बन्धित समाचारहरु