आजको युरोकप २०१२ बिशेष
आजको युरोकप २०१२ बिशेष
Added: 2012 June 27

नरेश फुयांल,असार १३ गते,काठमाण्डौ ।उपाधी रक्षाका लागी दुई खेलमा मात्र स्पष्ट जितको आबश्यकता रहेको अवस्थामा आज सेमीफाईनल चरणको पहिलो खेलमा साबिक बिजेता स्पेनको पोर्चुगलले सामना गर्दैछ ।

डोनेस्कको डोनबास एरिना स्टेडियममा मध्यरातको साढे १२ पछि सुरु हुने खेलमा क्वाटर फाइनलमा फ्रान्सलाई हराएको स्पेन र नेदरल्याण्डस्लाई हराएको पोर्चुगलबिचको खेल निकै रोमाञ्चक हुने छ । पछिल्लो पटकको मैत्रीपूर्ण खेलमा स्पेनले पोर्चुगललाई ४–० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहासको पल्ला भारी छ ।

४७ पटक आमनेसामने हुँदा स्पेनले ९ खेलमा मात्र हार बेहोरेको छ । दक्षिण अफ्रीकामा सम्पन्न विश्वकप २०१० को अन्तिम १६ मा भेट हुँदा स्पेनले पोर्चुगलमाथि १–० को विजय पाएको थियो । त्यसको पाँच महिना नवित्दै पोर्चुगलले हारको सानदार बदला लिने क्रममा स्पेनलाई ४–० ले हराएको थियो । जुन उसका लागी विश्वकप तथा युरोपियन च्याम्पियनमा बिर्सन लायक हार थियो ।

पोर्चुगलले आज सोही टोलीका ९ खेलाडीलाई पहिलो रोजाइमा उतार्ने तयारी गरेको छ भने स्पेनको टोलीमा तत्कालीन ८ खेलाडी पहिलो रोजाइमा छ्न् । स्पेनिस टोलीमा रोनाल्डो आबद्ध रियल मड्रिडका पाँच खेलाडी हुनुले पनि खेललाई थप रोमाञ्चक बनाउने आशा गरिएको छ ।

रोनाल्डोको खेल शैली स्पेनका सहयात्रीलाई थाहा हुनुले पोर्चुगललाई अप्ठेरो पर्न सक्छ भने सहयात्री खेलाडीहरुको शैली बुझेका रोनाल्डो पनि स्पेनका लागि पनि निकै घातक हुने सम्भाबना उत्तिकै छ ।

स्पेन युरो २००८ र विश्वकप २०१० पछि लगातार तेस्रोपटक मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छ । लगातार मुख्य तीन अन्तराष्ट्रिय प्रतियोगिता जित्ने पहिलो टोली बन्ने स्पेनको लक्ष्य रहेका बेला पोर्चुगल पनि आफैले ८ वर्षअघि आयोजना गरेको युरो २००४ पछि पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ ।

बिश्वकप र यूरोको साबिक बिजोता उ उच्च मनोबलका साथ आज मैदान छिर्दा खेल हेर्न लायक हुने फुटबल पण्डितहरु बताउछन् । रोनाल्डोले अहिलेको पोर्चुगाली टिम परिपक्व रहेको दाबी गर्दै आफ्नो टिमको एकमात्र उद्धेश्य फाइनल प्रवेश रहेको बताएका छन् ।  प्रशिक्षक बेन्टोले आफुहरु फाइनलको हकदार रहेको भन्दै पोर्चुगल फाइनलको तयारी गरिरहेको बताएका छन् ।



सुरुमा त्यती प्रभावकारी सिद्ध हुन नसकेका रोनाल्डो पछिल्ला खेलमा लयमा फर्किनु स्पेनका लागी टाउको दुखाइएको बिषय बनेको छ ।

स्पेनका सेस फाब्रिगासले पोर्चुगल निकै कठिन प्रतिद्वन्द्वी रहेको स्विकादै भनेका छन्– थुप्रै स्तरीय खेलाडी छन्। उनीहरु काउन्टर एट्याकमा निकै खतरनाक छन् र अत्यन्तै मेहनती पनि । रोनाल्डोको साथमा बिपक्षी बिरुद्ध खम्बा बनेर मैदान छिर्नेछन् नानी, पेपे, राउल, जोआओ जस्ता फुटबलका हस्तीहरु ।

समूह चरणको डेकमार्क बिरुद्धको खेलमा एक गोल गरेका पेपे कहिलेकांही बिश्वकै पहिलो रोजाईका मेसी र रोनाल्डोलाई समेत ओजेलमा पार्दै आएका छन् । स्पेनलाई डिफेण्डर पेपे जस्तो खेलाडीको वाल चिरेर पोष्ट चार्ज गर्नु फलामको चिउरा चपाउनु सरह हुने छ ।

यता, स्पेनका एलोन्सोले आफ्नै क्लबका खेलाडी तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोविरुद्ध कुनै निश्चित योजना तयार नपारेको बताउदै विपक्षी जस्तो भए पनि सधैं एउटै योजनामा खेल्ने गरेको भन्दै रोनाल्डोको खेलको विश्लेषण गरेको बताएका छन् ।

पोर्चुगलका राइट ब्याक जोआओ परेराले स्पेन राम्रो टोली भएपनि मैदानमा ११ विरुद्ध ११ हुने भन्दै आफुहरुलाई कम नकाक्न भनेका छन् । मिड्फिल्डर आन्द्रेय इनियस्टाले थपेका छन्,–हामी रोनाल्डोसग मात्रै हैन पुरै पोर्चुगलबिरुद्ध खेल्दै र्छौ । रोनाल्डालाई रोक्ने प्रयाशमा हुनेछन्–रियालकै अल्भारो भने उनलाई रामोश, जाबिस र कासिलासले साथ दिने छन् । यी स्टार खेलाडीको बार चिर्नु रोनाल्डोका लागी पनि त्यी सहज हुनै छैन ।   

स्ट्राइकर हेल्डर पोस्टिगाको तिघ्रामा चोट लागेकाले पोर्चुगाली प्रशिक्षक पाउलो बेन्टोले आज पहिलो रोजाइमा परिवर्तन गर्दै हुगो अल्मेडालाई उतादैछन् ।

यता, नियमीत स्ट्राइकरको अभावमा स्पेनिस प्रशिक्षक भिसेन्टे डेल बोस्कीले अगाडी खेल्ने पहिलो राजाईके खेलाडीको अभाबमा सेस फाब्रिगास र फर्नान्डो टोरेजलाई पालैपालो उतार्ने तयारी गरेका छन् । तर टोरेस र फाब्रेगास जुन सुकै नतिजा निकाल्न सक्ने खेलाडी हुन् । बासिर्लोनाका खेलाडी फाब्रेसलाई त यती बेला गोल मेसिन अर्जेिटिनी मेसीसंग नै तुलना गरिन्छ ।

लामो अनुभव, पुरानै प्रतिद्वन्दि, आफु समानको प्रतिपक्षीका बिच कसरी उपाधी उचाल्दै आफ्ना समर्थकहरुलाई खुसी पार्ने र देशको इज्जत राख्ने भन्ने बिषयले आज दुबै टोलीलाई मैदानमा सताउने छ । यस्तो अवस्थामा आजको खेलमा कसले बाजी मोर्ने त्यो थाहा पाउन त मध्यरातको साढे १२ बजेसम्म पर्खिएर खेल हेर्नुको बिकल्प छैन ।

यता, भोली जर्मनी र इटलीबिच खेल हुदै छ । उपाधी माथी ह्याट्रिक गरिसकेको जर्मनी टिमको पनि लक्ष्य उपाधी माथी कब्जा जमाउने नै हो । अनुभबी र एक सय एक यूबा खेलाडीले भरिएको जर्मनी टिम यतीबेला उपाधी कब्जा गरेर मात्रै घर फकर्ने बताइरहेको छ । 

क्लोस, गोमेज, लाम्, खेडीरा, ओजील, रेयुस, स्वाइनस टाइगर, पोड्लोकी, क्लोज जस्ता अनुभबी र स्टार खेलाडीले भरिएको जमर्नी टिमले उपाधीमाथी दाबी गर्नु नौलो नरहेको फुटबलका जानकारहरु बताउछन् ।

ग्रिस बिरुद्धको खेलमा आफ्नो पहिलो खेलमा नै एक गोलसंगै सनसनीपूर्ण खेल प्रदर्शन गरेर बिश्वकै ध्यान आफु तर्फ खिच्न सफल मार्को रिउस जस्ता नया खेलाडी पाएको जर्मनी ढुक्क देखिएको छ ।

यद्यपी क्वाटर फाइनलको खेलमा कुरकुच्चामा चोट लागेका कारण टाइगरले सेमिफइनलमा खेल्ने–नखेल्ने टुङ्गो लागेको छैन । यदी उनले खेल्न सकेकनन् भने उनको ठाउमा उत्रीने बैकल्पीक खेलाडीले उनलाई बिर्सानेमा शंका गरिएको छ । जर्मन टिम तथा वार्यन म्युनिखका लागी टाइगर मिड्फिल्डका निर्बिकल्प खेलाडी हुन् । बिपक्षीलाई छक्याउदै एउटै खेलमा गोल गर्ने सुन्दर अबसर दर्जर्नौ पटक जुटाइदिनु उनको लोभलाग्दो बिशेषता हो ।

सबैले उपाधीमाथी दाबी गरेपनि फुटबलका हस्ती राष्ट्रहरु बिचको यो उपाधी होडमा यस पटकको उपाधी कसले चुम्ने हो । अहिले यसै भन्न सकिने अवस्था छैन ।     
 

सम्बन्धित समाचारहरु