नोभाक जोकोभिक विम्बल्डन टेनिसको क्वार्टरफाईनल प्रवेश
नोभाक जोकोभिक विम्बल्डन टेनिसको क्वार्टरफाईनल प्रवेश
Added: 2012 July 02

असार १९, काठमाडौ । विश्व नम्बर एक सर्वियाली नोभाक जोकोभिक विम्बल्डन टेनिसको क्वार्टरफाईनल प्रवेश गरेका छन् । आफ्नै देशका भिक्टर ट्रोईकीलाई ६–३, ६–१ र ६–३ ले हराउँदै जोकोभिकले अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् ।

क्वार्टरफाईनलमा जोकोभिकले रिचार्ड गास्क्वेट र फ्लोरियन मेयरबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुष एकलतर्फ रुसका मिखाईल युज्नी पनि क्वार्टरफाईनलमा पुगेका छन् । उज्वेक डेनिस इस्टोमिनमाथि ६–३, ५–७, ६–४, ६–७ र ७–५ को जित हात पार्दै युज्नी क्वार्टरफाईनलमा पुगेका हुन् ।
सेमिफाईनल प्रवेशका लागि उनले तेस्रो वरियताका रोजर फेडेररको सामना गर्नेछन् । यस्तै महिला एकलतर्फ सविन लिसिस्किी, एन्गेलिक कार्बर, एग्निएस्का राडवान्स्का, मारिया किलिरेन्को र पेट्रा भिटोमा क्वार्टरफाईनलमा पुगेका छन् । विश्व नम्बर १ मारिया सारापोभा र किम क्लीस्टर्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

सम्बन्धित समाचारहरु