आजदेखी ११ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता
आजदेखी ११ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता
Added: 2013 January 22

कास्किको पोखरामा आजदेखी ११ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता हुँदैछ । दिउँसो २ वजे हुने उद्घाटन खेलमा जाउलाखेल युथ क्लब र धरान फुटवल क्लव भिड्नेछन् ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा २ भारतीय टिम र आयोजक क्लव सहित १२ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राईकरलाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।

प्रतियोगिताको दिउँसो राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम छ ।
 

सम्बन्धित समाचारहरु