संकटा र बौद्ध विजयी
संकटा र बौद्ध विजयी
Added: 2013 January 22

माघ ९ गते, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत आजको पहिलो खेलमा संकटा क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले रानीपोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराएको हो । नतिजासंगै आरसिटीको दोस्रो  स्थानमा उक्लने मौका गुमेको छ भने संकटाले यसअघि नै सुपर एटमा पुग्ने संभावना गुमाईसकेको थियो ।आजको जितसँगै २० अंक बनाएको संकटा १०औँ स्थानमा छ भने २६ अंकसँगै आरसिटी चौथो स्थानमा छ ।यसैबिच आजनै भएको दोस्रो खेलमा बी डिभिजनमा घटुवा भएको बौद्ध फुटबल क्लबले अन्तिम खेलमा जित हासिल गर्दै ए डिभिजन लिग फुटबल यात्रा टुंग्याएको छ ।
लिगको आफ्नो अन्तिम खेलमा आज बौद्धले बाँसबारी क्बललाई २–० ले हराएको हो । यो जित नै लिगमा बौद्धको पहिलो हो । बौद्धलाई १५ खेलमा पहिलो जित दिलाउन राजन अधिकारी र सुमन लामाले गोल गरेका थिए । बाँसवारी र बौद्ध यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।

सम्बन्धित समाचारहरु