ए डिभिजनमा २ वटा र आहा गोल्डकपमा एक खेल हुंदै
ए डिभिजनमा २ वटा र आहा गोल्डकपमा एक खेल हुंदै
Added: 2013 January 22

माघ १०, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पा र मध्यपुर युथ एशोसिएशन तथा न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लबविच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वस्थित दशरथरंगाशालामा मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र मध्यपुर भिड्न लागेका हुन् ।  १४ खेलबाट १३ अंकमात्र जोडेर पुछारबाट तेश्रो स्थानमा रहेको मध्यपुर खेल हारेमा बि डिभिजनमा घटुवा हुनेछ ।ए डिभिजनमा नै टिक्नका लागि उसलाई आजको खेल जित वा बराबरी आवश्यक छ । हिमालयन शेर्पाका लागि भने हार वा जितले खास अर्थ राख्दैन ।मध्यपुरले जित वा बराबरी गरेमा रेलिगेसनको टुंगो पुलिस र जावलाखेलबीच भोलि हुने खेलपछि मात्रै लाग्ने छ । १३ औं स्थानको जावलाखेलको १४ अंक छ । बौद्ध र बांसबारी यसअघि नै रेलिगेसनमा परिसकेका छन् । रेलिगेशनमा पर्ने तेश्रो टोली मध्यपुर वा जावलाखेलमध्ये एउटा हुनेछ ।
आजै दिउंसो साढे २ बजे हुने दोश्रो खेलमा २६ अंक सहित पांचौ स्थानमा रहेको मच्छिन्द्र र २५ अंक सहित छैठौं स्थानमा रहेको एनआरटी भिड्दैछन् । आजको खेल जित्ने टोली दोश्रो स्थानमा पुग्नेछ ।
यसैविच कास्कीको पोखरामा जारी आहा गोल्ड कप फुटवल प्रतियोगितामा आज आर्मी र फ्रेण्डस् क्लव भिड्दैछन् ।
पोखरा रङगशालामा दिउसो २ बजेपछि खेल सुरु हुनेछ । जारीप्रतियोगीतामा२ वटा भारतीय टिम र आयोजक साहारा क्लव समेत गरी १२ टिम सहभागी छन् । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ५१ हजार रुपैयाँ पाउनेछ ।

सम्बन्धित समाचारहरु