मध्यपुर युथ एशोसिएशन रेलिगेसिनमा
मध्यपुर युथ एशोसिएशन रेलिगेसिनमा
Added: 2013 January 23

र।जधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मध्यपुर युथ एशोसिएशन क्लव रेलिगेशनमा पर्ने तेस्रो टिम बनेको छ । आज भएको खेलमा हिमालयन शेर्पा क्लवसँग १–० ले पराजित हुँदै भक्तपुरे क्लव रेलिगेशनमा परेको हो । रेलिगेशनबाट बच्ने आशा जिवितै राख्न कम्तीमा बराबरी गर्नुपर्ने भए पनि पराजित भएपछि मध्यपुर बी डिभिजनमा झरेको छ ।

मध्यपुरको पराजयसँगै रेलिगेशनबाट बच्न संघर्षरत रहेको जावलाखेल युथ क्लव भने एक खेल खेल्नुअघि नै सुरक्षित भएको छ । यसअघि बौद्ध फुटबल क्लव र बाँसबारी क्लव रेलिगशेनमा परेकामा तेस्रो तथा अन्तिम टिम मध्यपुर भएको हो । हिमालयनलाई जिताउन खेलको ५२ औं मिनेटमा गणेश खड्काले निर्णायक गोल गरेका थिए ।

मध्यपुर पराजित भएपछि भने उसका समर्थकले रंगशालामा तनाव सिर्जना गरेका छन् । उनीहरुले रेफ्रीले एउटा पेनाल्टी हान्ने अवसर मध्यपुरलाई नदिएको भन्दै मैदानमा उत्रिएर नाराबाजी गरेका हुन् । ..
 

सम्बन्धित समाचारहरु