एसीसी महिला च्याम्पियनशीप क्रिकेटमा नेपालको विजयी यात्रा कायमै
एसीसी महिला च्याम्पियनशीप क्रिकेटमा नेपालको विजयी यात्रा कायमै
Added: 2013 January 25

थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनशीप क्रिकेटमा नेपालले आफ्नो अपराजित यात्रा कायमै रहेको छ । पहिलो खेलमा भुटानलाई ८ विकेटले हराएको नेपालले दोस्रो खेलमा आज युनाइटेड अरब इमिरेट्स युएईलाई ८६ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङग गरेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालका लागि सीता मगरले सर्वाधिक ४६ रन जोडिन् भने सरिता मगरले अविजित रहँदै ४१ रनको योगदान दिइन् । नेपालले २३ रन अतिरिक्त रुपमा पाएको थियो ।

जवाफमा युएईले नेपाली बलर सामु टिक्न नसकेपछि कमजोर प्रदर्शन गर्ने क्रममा २२ ओभर ४ बलमा अलआउट हुँदै ५९ रनमात्र बनाउन सक्यो । सोनु खड्काले तीन तथा करुणा भण्डारीले दुई विकेट लिएको इनिङगमा रुविना क्षेत्री, नेरी थापा र सरिता मगरले एक एक विकेट झारे ।

अब आइतबार नेपालले मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको विजेताले जुलाईमा आयरल्याण्डमा हुने आइसीसी महिला विश्वकप ट्वान्टी–२० ग्लोबलमा खेल्न पाउने छ ।
 

सम्बन्धित समाचारहरु