बासिर्लोना स्पेनिस कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा
बासिर्लोना स्पेनिस कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा
Added: 2013 January 25

बासिर्लोना स्पेनिस कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि बासिर्लोनाले रियल मड्रिडको सामना गर्नु पर्नेछ ।
गएराति भएको दोश्रो लेगमा मालागोसंगको खेलमा ४–२ को नतिजा निकालेको बासिर्लोना समग्रमा ६–४ को जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो लेगमा बासिर्लोनाले मालागोसँग २–२ को बराबरी खेलेको थियो । हिजोको खेलमा बासिर्लोनाका लागी पेड्रो आन्द्रे इनिष्टा, लिओनल मेस्सी र जरार्ड पिकले गोलगरेका थिए भने मालागोका लागी जोकिन र सान्टाक्रुजले एक एक गोल गरेका थिए ।
 

सम्बन्धित समाचारहरु