खेलका हुदङ्गा गर्ने २१ जनालाई मृत्युदण्ड
खेलका हुदङ्गा गर्ने २१ जनालाई मृत्युदण्ड
Added: 2013 January 26

इजिप्टको एक अदालतले गतवर्ष फुटबल खेलका क्रममा भएको झडपमा ७४ जनाको मृत्यु भएको विषयमा २१ जना प्रतिवादीलाई दोषी ठहरगर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

घटनामा संलग्न ५२ जना प्रतिवादीको फैसला भने आगामी मार्च ९ मा सुनाइने इजिप्टका अधिकारीलाई उद्धृत गर्दै अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । राजधानी कायरोको पोर्ट सेड रंगशालामा स्थानिय अल–माश्री र कायरोको अल–आहली क्लबबीचको लिग खेल शुरु भएको केही मिनेटमै दंगा भड्किएको थियो ।

अल माश्रीका समर्थकहरु मैदान मै पसेर अल–आहलीका समर्थकमाथि ढुंगा र आगो समेत प्रहार गरेका थिए । उक्त घटना पछि इजिप्टमा फुटबल लिग स्थगित गरिएको छ
 

सम्बन्धित समाचारहरु