आर्मी आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा
आर्मी आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा
Added: 2013 January 27

त्रिभुवन आर्मी क्लव पोखरामा जारी ११ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वार्टरफाइनलमा विभागिय टिम नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै अर्काे विभागिय टिम आर्मी अन्तिम चारमा पुगेको हो । राजधानीमा हालै भएको ए डिभिजन लिगमा मुस्किलले सुपर एटमा पर्न सकेको पुलिसलाई पराजित गर्ने क्रममा  ८५ औं मिनेटमा विकर्ण श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
प्रिक्वार्टरफाइनलमा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै आर्मीले क्वार्टरफाइनलमा पुगेको थियो भने पुलिसले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो । तेश्रो क्वार्टरफाइनलमा भोलि रानीपोखरी कर्नर टिम आरसीटी र थ्रीस्टार क्लव भिड्ने छन् ।
आरसीटीले प्रिक्वार्टरफाइनलमा भारतको साउदर्न समितिलाई हराएको थियो भने थ्रीस्टारले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।
यसअघि मोफसलको सर्वाधिक पुरस्कार राशीको पहिलो क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेड टिमलाई हराएर जावलाखेल युथ क्लव सेमिफाइनलमा पुगिसकेको छ ।

 

सम्बन्धित समाचारहरु