एसिसि महिला च्याम्पियनसीप क्रिकेटमा नेपाल समुह विजेता
एसिसि महिला च्याम्पियनसीप क्रिकेटमा नेपाल समुह विजेता
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । थाईल्याण्डमा जारी एसिसी महिला च्याम्पियनसीप क्रिकेटमा नेपाल समुह विजेता भएको । प्रेम ओभल मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएर समूह  ए को विजेता बनेको हो । ६ अंक जोडेको हङकङले भने उपविजेतामा चित्त बुझाउनु पर्‍यो ।  हङकङले दिएको ५५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक २३ रन जोडिन् भने सरिता मगरले १४, कप्तान रुविना क्षेत्रीले ७ रन जोडेकी थिइन् ।


मधु थापा र सीता मगर शून्य रनमा आउट भए पनि नेरी र सरिताले नेपालको इनिङ सम्हालेर जिततर्फ सुनिश्चित गरेका थिए । यसअघि पहिले ब्याटिङ गरेको हङकङले २१ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो ।नेपालकी सरिता मगरले ४, नेरी थापा र करुणा भण्डारीले समान ३/३ विकेट लिएका थिए । यसअघि नै नेपाल र हङकङ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल प्रवेशका लागि नेपालले पर्सि बुधबार समूह बीको उपविजेता आयोजक थाइल्याण्डसँग खेल्नेछ भने हङकङले समूह बीको विजेता चीनको सामना गर्नेछ ।

सम्बन्धित समाचारहरु