जेरार्ड इङगल्याण्ड वर्ष खेलाडी
जेरार्ड इङगल्याण्ड वर्ष खेलाडी
Added: 2013 February 04

इङगलिश राष्ट्रिय फुटबल टोलीका कप्तान स्टेभेन जेरार्ड इङगल्याण्ड वर्ष खेलाडी घोषित भएका छन् । इङगल्याण्डको फुटबल गभनिर्ङ बडी फुटबल संघको आधिकारीक वेब–साइटमा समर्थकहरुले गरेको मतदानको आधरमा जेरार्डलाई इङगल्याण्ड वर्ष खेलाडी घोषण गरिएको हो ।
३२ वर्षीय जेरार्ड इङगलिश फुटबल क्लव लिभरपुलबाट व्यवसायिक खेल खेल्दै आएका छन् । जेरार्डले दोश्रो पटक इङगल्याण्ड वर्ष खेलाडीको उपाधि जितेका हुन् । उनीअघि पूर्व म्यानचेष्टर युनाईटेडका वाएन रुनी र चेल्सीका फ्रान्क लम्पार्डले यो अवार्ड दुई पटक जितेका थिए ।
मतको आधारमा जेरार्डका प्रतिद्वन्दी ड्यानी वेल्बेकाले दोश्रो तथा एष्ले कोल तेश्रो स्थानमा रहेका छन् ।
 

सम्बन्धित समाचारहरु