चाउमिनले जेल पुर्‍याउला
चाउमिनले जेल पुर्‍याउला
Added: 2012 October 21

तपाईलाई चाउमिन कत्तिको मन पर्छ ? धेरै मन पर्छ अथवा पर्याप्त खानु हुन्छ  भने होस गर्नुहोस् यसले तपाइलाई जेल पनि पुर्‍यउन सक्छ । 
चाउमिनले बलात्कार गर्न प्रेरित गर्ने भारतको हरियाणास्थित जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ । पत्याउन गाह्रो लाग्छ । तर जिन्द जिल्लाको छातर गाउँ पञ्चायतले गाउँमा बढेका बलात्कारका घटनामा चाउमिन दोषी रहेको ठहर गरेको हो ।

बलात्कार बढ्नुका कारणबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला पञ्चायतले अन्तत: औपचारिक रुपमै चाउमिनलाई दोषी ठहर गरेको हो । पञ्चायत अध्यक्षका अनुसार चाउमिनको सेवनले तन्नेरीहरुको सरीरमा हर्मोन असन्तुलित बनाउँछ जसका कारण उनीहरु उत्तेजित हुन्छन् र सेक्सको तिर्खा निकै बढेपछि बलात्कारको तहसम्म पुग्छन् ।

पञ्चायतको यस्तो ठहर कत्तिको वैज्ञानिक हो ? भन्ने कुराको भने परीक्षण भैसकेको छैन । तर पटकपटक विवादित उक्त निर्णय पञ्चायतको पछिल्लो निर्णय पनि विवादित बनेको छ ।

यौनका विषयमा सो पञ्चायत पछिल्लो समयमा निकै चर्चित तथा विवादित रहदै आएको छ । एक हप्ताअघि मात्रै एक जना पञ्चायत नेताले उमेर छिप्पिउनजेलसम्म पनि छोरीको बिहे नगरिदिँदा बलात्कार बढेको बताएका थिए । बलात्कार घटाउन छोरीको बिहे १६ वर्षमै गरिदिनुपर्ने उनले बताएका थिए ।

 

सम्बन्धित समाचारहरु