रोजगारी पाउन पुरुषपनि यौनका लागी तयार
रोजगारी पाउन पुरुषपनि यौनका लागी तयार
Added: 2012 December 02

जागीरका लागी रोजगारलातालाई लोभ्याउन युवतीहरुले अन्तरबार्तामा जांदा पारदर्शी कपडा पहिरिएर वा अर्धनग्न भएकर जाने गरेको त तपाईले सुन्नु भएकै होला तर पुरुषहरु जागीरका लागी यौन सम्पर्कका लागी तयार हुने गरेको चांहि तपाईलाई सुन्दा अलि अचम्म लाग्न सक्छ ।
प्रसंग हो रुसी पुरुषहरुको । आफुलाइ मन पर्ने जागिरका लागी हरेक पांच मध्ये एक रुसीले रोजगारदातासंग सेक्सका लागि तयार भएको बताएका छन् । रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एग्रिगेटरको एक सर्वेक्षणलाइ उदृत गर्दै यस कुराको खुलासा गरिएको हो । यद्यपी मनपर्ने जागिर पाउनका लागी इच्छुक ६५ प्रतिशत मानिसहरुले भने यस तरिकालाइ गलत मानेका छन् ।

तर १५ प्रतिशत मानिसले भने यदि जागिर दिनेले मन पराउँदछ भने उसका साथमा सेक्स गर्न मन पराउने बताएका थिए । ५ प्रतिशतले राम्ररो खालको जागिर पाइन्छ भने यसका लागी पूर्ण रुपमा तयार भएको बताएका बताइएको छ । ।

राम्रो जागिरका इच्छुक २९ प्रतिशत पुरुषहरुले भने उनीहरु बेडरुमको बाटोबाट रोजगार पाउन चाहन्छन्, तर महिलाहरुमा भने मात्र नौ प्रतिशत ले यस तरिकाले जागिर खान उचित सम्झेका छन् ।

स्वतन्त्र कर्मचारीहरु मध्ये धेरैजसो सरकारी कर्मचारीहरुमाथि यो अध्ययन गरिएको थियो । यस अध्ययनमा ३ हजार ३ सय ६० जना रुसी कर्मचारिहरु सहभागी भएका थिए ।

सेक्सको बाटो रोज्न इच्छुक मानिसहरु मध्ये इन्जीनियरिङ क्षेत्रमा नौ प्रतिशत र प्रशासकमा चार  प्रतिशत रहेको थियो । इलेक्ट्ििरशयन,कार्पेन्टर, क्लर्क वा निजी गार्डहरुले यस्तो प्रकृया मन पराएनन् । पांच प्रतिशत पुरुषहरुले उनीहरुले जागिर पाउनका लागी फ्लर्ट गरे पनि सेक्स भने नगरेको बताएका छन् । चार प्रतिशत जागिरका लागी भर्ना गर्नेका साथमा सेक्स गर्न चाहन्थे तर यसका लागी उनीहरुले साहसनै गर्न नसकेको बताएका थिए ।
 

सम्बन्धित समाचारहरु