स्तन निचोरे स्तन क्यान्सरको खतरा कम
स्तन निचोरे स्तन क्यान्सरको खतरा कम
Added: 2012 December 27

आमा बनिनसकेकाहरुको स्तन नियमित निचोर्दा स्तन क्यान्सरको जोखिम बढ्ने मान्यता रहीरहेकाबेला नियमित रुपमा हल्का स्तन मुसार्ने र निचोर्ने गर्दा स्तन क्यान्सरको खतरा कम हुने एक अध्ययनले दाबी गरेको छ ।

अमेरिकामा गरिएको एक अध्ययनले नियमित स्तन निचोर्ने कामले स्तनमा क्यान्सर कोषको वृद्धि रोक्ने तथ्य पत्ता लगाएको दाबी गरेको छ । प्रयोगशालामा गरिएको अध्ययनले के देखाएको छ भने स्तनमा नियमित रुपमा हल्का दबाब दिइयो भने त्यसले क्यान्सरको कोषको निर्माण रोक्ने मात्र नभइ सुरुवाती अवस्थामा रहेका क्यान्सर कोषलाई समेत सामान्य अवस्थामा ल्याउँछ ।

अमेरिकाको क्यालिफोनिर्या विश्वविद्यायका शोधकर्ताहरुले गरेको अनुसन्धानले यस्तो देखाएको छ । अनुसन्धानको यो निष्कर्षपछि अब स्तनलाई नियमित दबाब सिर्जना गर्ने विशेष प्रकारका ब्रा कामयाबी हुने भन्दै विज्ञहरुले यसबाट स्तन क्यान्सरको उपचारमा नयाँ ‘क्लु’ प्राप्त भएको बताएका छन् ।

 

सम्बन्धित समाचारहरु