सन्तोष पन्तका कान्छा छोरा छोरि बन्दै
सन्तोष पन्तका कान्छा छोरा छोरि बन्दै
Added: 2012 February 11

माथिको फोटो हेर्नु होस यीनको नाम हो प्रतिक पन्त यी हुन् हास्य कलाकार सन्तोष पन्तका छोरा हुन् । जन्मिदा उनि केटाको स्वरुपमा थिए तर बिस्तारै प्रतिकको हाउभाउ र स्वरुप केटिको जस्तो देखिन थाल्यो । त्यसैले होला आफ्नो अंग परिवर्तन गर्न प्रतिक बैङकक तिर लागेका छन् । यसरि अंग परिवर्तन गर्ने यीनि पहिलो नेपाली हुनेछन् । उनी अहिले लगभग १९ बर्षका भएका छन् ।

पहिले केटीको जस्तो हाउभाउमात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गरिरहेका थिए । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा नायिका करिश्मा मानन्धरले जस्तै उनले पनि ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।

हेर्दामात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थीति पनि अब धेरै रहने छैन् । किनभने अहिले उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै काठमाण्डौंस्थित थाई दूतावासले भिषा दिन अस्वीकार गरेको थियो । दोस्रोपटकको प्रयासमा भिषा पाएर अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।

बिश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनुनै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।

सम्बन्धित समाचारहरु