भ्यालेन्टाइन डेमा फूल भन्दा कण्डमको माग बढी
भ्यालेन्टाइन डेमा फूल भन्दा कण्डमको माग बढी
Added: 2012 February 18

काम कुरो एकातिर कुम्दो बोकी ठिमितिर भन्ने नेपाली उखान यसपटकको भ्यालेन्टाइन डेमा चरितार्थ भएको छ । प्रसंग हो भ्यालेन्टाइन डेमा फूल भन्दा कण्डमको माग बढी भएको कुराको ।

यस वर्ष फूलको भन्दा कण्डमको माग बढी भएको कण्डम निर्माता कम्पनीहरुले जनाएका छन् । बजारमा माग अध्याधिक बढेपछि केही कम्पनीले त कण्डमको  मूल्य समेत बढाएका छन् । एक कण्डम उत्पादक कम्पनीले यस वर्षको भ्यालेन्टाइन डेमा लगभग १ लाख कण्डम विक्री भएको बताएको छ ।

सामान्य तया एक मेडिकल स्टोरबाट ५ देखि ७ ओटा कण्डम विक्री हुने गरेकोमा भ्यालेन्टाइन डेको समयमा ३ गुणा माग बढेर २० देखि २५ पुगेको छ ।
प्छिल्ला वर्षहरुमा भ्यान्टाइन डेका दिन अविवाहित प्रेमजोडीहरुविच शारिरिक सम्पर्क हुने गरेको दावी गरिन्छ ।
 

सम्बन्धित समाचारहरु