१२ करोड पटक सेक्स
१२ करोड पटक सेक्स
Added: 2012 April 21

विश्वमा सबै भन्दा धेरै पढिने विषय यौन हो । त्यसैले होला हिजो आज यस विषयमा अध्ययन अनुसन्धान पनि धेरै हुने गरेका छन् । यौनका बिषयमा गरिएका अनुसन्धान निकै रोचकताका साथ पढिने गरिएकाले पनि होला यस्ता अध्ययन अनुसन्धान हुने गरेका । किन नपढियुन पनि यस्ता रोचक अध्ययन अनुसन्धान । यस्तै यौनका विषयमा गरिएको एउटा अनुसन्धानले पत्ता लगाएको यौनको निकै रोचक तथ्य यस्तो छ ।

विश्वभरीका मानिसको यौन व्यवहारको अध्ययन गरी तयार पारिएको “द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर” नामक पुस्तकमा विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरिएको छ । केही तथ्य यस्ता छन्  ः

१. विश्वमा प्रत्यक दिन १२ करोड पटक सेक्स गरिन्छ, जसबाट विश्वमा दिनहु“ २४ करोड व्यक्ति सेक्स गर्ने गर्छन् ।

२. विश्वमा सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलियनहरु हुन् ।  उनीहरु औषतमा एक पटकको सेक्समा ३० मिनेट खर्चिन्छन् । दोश्रोमा हमेरिकी २८ मिनेट, तेश्रोमा क्यानडाली २३ मिनेट र चौथोमा बेलायती २१ मिनेट ।

३. सेक्सको मामिलामा सबैभन्दा सक्रिय मानिसमा क्रमशः रुसी, अमेरिकी तथा फ्रान्सेली छन् । उनीहरुले औषतमा वर्Èमा १ सय ३० पटक सेक्स गर्छन् ।  सबैभन्दा कम सेक्स गर्नेमा हंगकंगका नागरीक हुन् उनीहरु वर्Èमा औÈतमा ५० पटकमात्र सेक्स गर्छन् । यो हप्ताको लगबग १ पटक मात्र हो ।

४. विश्वमा सबैभन्दा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक हुन् । औÈतमा थाइहरु एकपटक गरिने सेक्सका लागी १० मिनेट बिताउछन् भने दोश्रोमा रसियन पर्छन् । उनीहरु एकपटकको सेक्समा १२ मिनेट बिताउछन् ।


५. विश्वमा सबैभन्दा बढि कण्डम प्रयोग गर्ने राष्ट्र थाइल्याण्डका हो जँहा सयमा ८२ जना थाइ नागरीकले सेक्सका बेला कण्डम प्रयोग गर्छन् ।

६. अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दÔिण्ँी अफ्रिका विश्वमा महिलामाथि सबैभन्दा बढि बलत्कार हुने राष्ट्रहरु हुन् । जहा“ हरेक १० हजार महिलामा ४ जना महिला बलत्कारको सिकार हुने गरेका छन् ।

८.विश्वमा ६० प्रतिशत विवाह मागी विवाह हुने गरेको छ भने सबैभन्दा बढि सम्बन्ध विच्छेदको दर भएका देश क्रमशः अमेरिका र अस्ट्रेलिया हुन् ।

९.उक्त पुस्तकमा जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव संगालिसक्ने गरेका उल्लेख गरिएको छ भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव सयमा १० जनाले मात्र लिने गरेका छन् ।

१०. मध्य अफ्रिका र चेक रिपब्लिकका नागरिकहरु कम उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र भागमा छन् । ती देशमा औÈतमा १५ वर्Èको उमेरमा किशोर किशोरीले सेक्सको अनुभव संगालिसकेका छन् ।

११. विश्वमा महिलाहरुको स्तनको आकार पुस्ता पिच्छे बढ्दै गएको छ ।

 

सम्बन्धित समाचारहरु