हिटलर यौन क्षमता बढाउन साढेको विर्य सेवन गर्थे
हिटलर यौन क्षमता बढाउन साढेको विर्य सेवन गर्थे
Added: 2012 May 08

नरेश फुयाँल, मंगलबार, २६–काठमाण्डौ । जर्मनीका पूर्व तानाशाह तथा नाजी पार्टीका नेता एडोल्फ हिटलरका बारेमा नयां तथ्य र्सावजनिक भएको छ ।

हिटलरले आफ्नो यौनशक्ति बढाउन यौनवद्र्धक औषधि खाने गरेको बिबिसीले जनाएको छ । हिटलरले राम्रो यौन जीवनका लागि यौनवद्र्धक औषधि कोकिनको प्रयोग गर्ने गरेको बिबिसीको उल्लेख गरेको छ । लिलामीको क्रममा रहेका हिटलरका बारेका ऐतिहासिक दस्तावेजले यो तथ्य र्सावजनिक गरेको हो ।
उक्त दस्तावेजमा हिटलरका ६ जना चिकित्सकले तयार पारेको ४७ पृष्ठको प्रतिवेदन पनि समावेश छ । रिर्पोटमा हिटलरलाई वायु र पिनासको समस्या भएको बताइएको छ ।

वायुको समस्याबाट मुक्ति पाउन हिटलरले एकैपटकमा २८ औषधि खाने गरेको प्रतिवेदनमा जनाइएको छ । चिकित्सक थियोडोर मोरेलको प्रतिवेदनका अनुसार हिटलर आफ्नो यौन क्षमता बढाउन साढेको विर्यबाट बनेको औषधि सेवन गर्ने गर्थे ।



 

सम्बन्धित समाचारहरु