गधाले खच्चडलाई बलात्कार गर्दा १५ जनाको ज्यान गयो
गधाले खच्चडलाई बलात्कार गर्दा १५ जनाको ज्यान गयो
Added: 2012 June 02

गधाले खच्चडलाई बलात्कार गर्दा १५ जनाको ज्यान गयो सुन्दा अचम्म लाग्छ, त्यो भन्दा पनि पत्याउन झनै गाहे हुन्छ । गधाले खच्चडलाई बलात्कार गर्दा १५ जनाको ज्यान गयो भन्दा । तर, यस्तै भयो यो बर्ष यमनमा । तर त्यो बलत्कार गरेको हेरर र हर्टफेल भएर भने उनीहरु मरेका होइनन् ।

यमनको एक आदिवासी क्षेत्रमा गधाले खच्चडलाई खेदीखेदी बलत्कार गरेपछि  गोली चल्दा १५ जनाको ज्यान गएको हो । छिमेकीको गधाले आफ्नो खच्चडलाई बलात्कार गरेको घटनापछि खच्चडका मालिकले गधा मालिकसँग झगडा गरे ।  झगडाले उग्र रुप लिदा दुइ पक्षबीच गोली हानाहान भयो । र सोही गोली हानाहानमा १५ जना स्थानीय बासिको ज्यान गयो ।

गधाले खच्चडमाथि बलात्कार गरेको घटनाले त्यहाँ जातिय दंगा फैलियो । मकाबी समुदायका गधाका मालिक र अब्बास समुदायका खच्चडका मालिक र पुरै त्यो दुई समुदायबिच घटना पछि जातिय रुप दिएर र भिड्न्त हुदा सो घटना भएको हो ।
 

सम्बन्धित समाचारहरु