किमले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलर कमाउने
किमले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलर कमाउने
Added: 2013 January 05

गर्भवती किम कारदाशियां हिजोआज कयौं टिभी च्यानलहरुमा आफ्नो गर्भावस्था सम्बन्धी जानकारि बाँडनका लागी कुराकानी गरिरहेकी छन् । रियालिटी कार्यक्रम की स्टार उनी यस बाहेक किम बालबालिकाहरुसंग सम्बन्धित उत्पादनहरुको प्रचारमा पनि जुटेकी छन् ।

सन अनलाइनको समाचार अनुसार, ३२ वर्षीय किम आफ्ना ३५ वर्षीय ब्याइफ्रेन्ड कान्ये वेस्ट को पहिलो बच्चाकी आमा बन्दैछिन् । श्रोतका अनुसार किम बच्चाको जन्म र अस्पताल आउने–जाने देखि लिएर हरेक चीजका बारेमा बताएर टेलिभिजनका कार्यक्रमहरुमा भाग लिइरहेकी छन् ।

उनले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलरको कमाउने भएकी छिन् । किमले यो रकम बालबालिकाहरुसंग सम्बन्धित उत्पादनहरुको विज्ञापन खेलेबापत लिएकी हुन् । गर्भवती हुदा यती धेरै रक कमाउने उनी नै रहेको अनुमान गरिएको छ ।
 

सम्बन्धित समाचारहरु