महिलालाई यौन सुखका लागी ६ इन्चको लिंग
महिलालाई यौन सुखका लागी ६ इन्चको लिंग
Added: 2013 January 10

लिंगको आकारले महिलालाई यौन क्रिडामा चरम आनन्दमा प्रभाव पार्छ या पार्दैन भन्नेमा सर्वमान्य प्रमाण नभएको अवस्थामा एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ ।

हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको यौन चरित्र, कद तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ ।

तर बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै चरम यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।

वेस्ट स्कटल्याण्ड विश्वविद्यायका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षणले यस्तो निष्कर्ष निकालेको हो । उनले ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।

त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए । यो अध्ययनले लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ भन्ने तथ्यको खुलासा गरेको छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ ।

छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
 

सम्बन्धित समाचारहरु