कण्डम लगाउनुपर्ने कानून विरुद्ध पोर्न फिल्म कम्पनी अदालतमा
कण्डम लगाउनुपर्ने कानून विरुद्ध पोर्न फिल्म कम्पनी अदालतमा
Added: 2013 January 12

अमेरिकाको २ ठूला पोर्न कम्पनीले लस एन्जल्सको एक कानूनलाई चुनौती दिंदै अदालत पुगेका छन् । लस एन्जल्सको एक कानूनले पोर्न फिल्मका कालाकारलाई कण्डम लगाउन अनिवार्य गरेपछि उक्त कानून विरुद्ध त्यहाँका पोर्न फिल्म कम्पनी ‘भिभिद’ र ‘क्यालिफा’ अदालत पुगेका  हुन् ।

यी पोर्न कम्पनीहरुले उक्त कानूनले अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लंघन गरेको दाबी गरेका छन् । लस एन्सल्समा उक्त कानून ‘मेजर बी’ नामले परिचित छ । जसलाई एड्स हेल्थकेयर फाउन्डेसनको समेत सर्मथन रहेको छ ।

त्यस्तो कानूनले वयस्क फिल्ममा काम गर्ने कलाकारलाई एड्सबाट बच्न मद्धत गर्ने फाउन्डेसनको तर्क छ । यता अर्कोतर्फ २ पोर्न कम्पनीहरुले भने उक्त कानूनका विरुद्ध लड्न तयार भएको बताएका छन् ।

सो कानून सन् २०१२ को जनवरी २ बाट लागू भएको थियो । कानून अनुसार क्यालिर्फोनिर्यामा पोर्न फिल्म बनाउन अनुमति दिंदा कलाकारले अनिवार्य कण्डम लगाउनुपर्ने शर्तसहित अनुमति दिइने गरेको उल्लेख गरिएको छ ।

तर, पोर्न फिल्म व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले भने उक्त कानूनको पालना गरेमा आफूहरुको व्यापार प्रभावित हुने र गैरकानूनी ढंगबाट पोर्न फिल्म बन्ने स्थिति सिर्जना हुने दाबी गरेका छन् ।

त्यस्तै लस एन्जल्सकी बेलायती पोर्नस्टार किरन लीले घरमा बसेर पोर्न फिल्म हेर्ने दर्शकले कण्डम लगाएको फिल्म हेर्न चाहँदैनन् भनेकि छन् ।

 

सम्बन्धित समाचारहरु